सुनचाँदी महासंघ प्रदेश सभापति लामिछाने नियन्त्रणमा,गलत छ भने महासंघले बचाउनुहुँदैनःशाक्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदुर पश्चिम प्रदेशका सभापति सन्तोष लामिछाने र उनकी श्रीमती मीना लामिछानेलाई प्रहरी प्रधान कार्यालयको विशेष व्यूरोले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

मुम्बईमा हुन लागेको ज्वेलरी मेलामा सहभागी हुन नेपाल सुनचाँदी व्यवसायी महासंघको ३९ जना टोली सहित जान लागेको सन्तोष लामिछाने सहित उनको श्रीमतीलाई नेपाल एयरलायन्सकै जहाज भित्र गएर प्रहरीले नियन्त्रणमा लिएको हो । मुम्वई मेलामा सहभागी हुँदै भनेर लामिछानेले फेसवुकमा पोष्ट गरे लगत्तै उजुरीकर्ताले फेसबुक हेरेर प्रहरीलाई सुचना दिएलगतै लामिछाने दम्पत्तिलाई नियन्त्रणमा लिएन प्रहरी विमानभित्रै पुगेको हो ।

दुवैजनालाई अहिले अनुसन्धानको लागि राखिएको प्रहरीले जनाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीले लामिछानेलाई दम्पत्तीलाई नियन्त्रणमा लिए लगत्तै १ घण्टा वढी समयमा जहान होल्ड भएको थियो । लामिछाने दम्पत्तलाई प्रहरीले नियन्त्रणमा लिएपछि मुम्वईमा हुने ज्वेलरी मेलामा सहभागी हुन महासंघको तर्फबाट ३७ जना मात्र गएका छन् । सवै यात्रुलाई ओरालेपछि मुम्वई ज्वेलरी मेलामा सहभागी हुन जान लागेका सुनचाँदी व्यवसायीको टोली अलमलमा परेको थियो ।

लामिछानेमाथि जिल्ला प्रहरी कार्यालयमा ठगीको उजुरी परेको बताइएको छ ।

घटनाको अनुसन्धान गदैर्छौः महासंघ

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेशरत्न शाक्यले सन्तोष लामिछानेको दम्पत्ति नियन्त्रणमा लिइएको सम्बन्धमा महासंघ भित्र भोली बैठक बसेर छलफल गर्ने बताउनुभयो । विभिन्न मिडियाहरुको कही ठगी,कहि लेनदेन र कहि चोरीको सुन किनीएको भन्ने कुराहरु आएको भन्दैं यस विषयमा सत्य तथ्य बुझ्ने कार्य गर्ने बताउनुभयो ।

यसैबीच नेपाल सुनचाँदी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले यदि सुदुरपश्चिम प्रदेश सभापति जस्तो गरिमामय व्यक्तिले सुनचाँदी व्यवसायीको आडमा गलत कार्य गरेको भए महासंघले बचाउन नहुने बताउनुभएको छ ।

व्यवसायीको आडमा गलत काम जो कोही व्यवसायीले पनि गर्न नहुने बताउनुभयो । लामिछानेलाई कसैले आरोप मात्र लगाएको छ र गल्ती गरेको छैन भने आरोपितलाई कारवाही हुनुपर्ने यदि व्यवसायी लामिछानेले गल्ती गरेका छन् भने महासंघले गल्ती ढाकछोप गर्न नहुने संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्