हरिशंकरको महासंघमा आइतवार धर्ना

गोल्ड पिडित मधेश प्रदेशका अभियन्ता हरिशंकर सर्राफ मौसाले आइतवार नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यालयमा धर्ना दिनेभएका छन् ।

सुनचाँदी नीति नियम बनाउन महासंघ जिम्मेवार नभएको,सुन तोलामा ४ हजार देखि ४५ सय बढीमा कालोबजारी हुँदा पनि कानमा तेल हालेर बसेको,सुनको सिफारिस विवरण सार्वजनिक गर्न नसकेको भन्दैं अभियन्ता हरिशंकर सर्राफले महासंघको कार्यालय नक्सालमा धर्ना दिन लागेका हुन् ।

महासंघबाट सिफारिस भएको सुन महासंघकै पदाधिकारीहरुबाट वैंक सँग मिलिभगत गरेर कालोबजारी भएको खबरहरु बाहीर आएको महासंघकै जिम्मेवार मान्छेले बताइरहेकाले यस्तो अवस्थामा पनि महासंघले छानविन समिति गठन गर्न नसकेको व्यवसाय क्षेत्रको लागि दुःख कुरा भएको अभियन्ता सर्राफले बताए ।  साथै उनले महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्य माथि ज्यान मार्ने धम्की दिने व्यक्तिका वारेमा अनुसन्धान गरेर तुरुन्त कारवाही गर्नुपर्ने पनि माग गरेका छन् ।

महासंघले गोल्ड पिडितको मागमा मौन भएकाले,नीति नियम बनाउन कुनै अग्रसरता नदेखाएकाले,महासंघबाट सिफारिस भएका सुन केही पँहुचवाला पदाधिकारीहरुले हात पारेर वेथिती बढाएकाले यसलाई अन्त्य गर्न सुन सिफारिसको  परिपत्र गर्ने राष्ट्र वैंक,महासंघ लगायतलाई विपक्षी बनाएर रिट हाल्ने विषयमा पनि कानुन व्यवसायीसँग छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्