नारायणगढमा रिफाईनरी र गलाईवालाको भागभाग,देशैभरी जागे पिडितहरु

नारायणगढ,भाद्र । चितवनमा सुनचाँदीको रिफाईनरी र गलाई काम गर्ने नाममा सुन ब्ल्याकमा बेच्नेहरुको भागभाग हुन सुरु गरेको छ । कालोबजारीबाट पिडित साना सुनचाँदी व्यवसायी र कालिगढहरुको चलेको कालोबजारी मुक्त अभियानको आन्दोलनका कारण रिफाईन र गलाईको नाममा सुन माफियाको ऐजेन्टको रुपमा ब्ल्याकमा सुन बेच्नेहरु अहिले नारायणढमा स्वासैस्वासले बोल्न थालेका हुन् ।

उनीहरुले सुन किन्न जानेहरुलाई वढी पैसा हाल्छु भन्दा पनि नदिएको नारायणगढबाट  नाम नबताउने सर्तमा एक जनाले जानकारी दिएका छन् । अभियान र समाचारको प्रभावका कारण रिफाईनरी र गलाईवालाले  कारोवारनै बन्द गरेपछि साना व्यवसायीहरु समेत अव व्यवसाय चलाउन आन्दोलनको विकल्प सोच्न थालेका छन् । एशोसियटको नाममा झर्ने किलो किलो सुन साना व्यवसायीहरुलाई पुराउन सके पेशा धान्न सहज हुने आम व्यवसायीहरुको ठहर रहेको छ ।

नारायणगढमा यतिबेला सुनचाँदी रिफाईनरी र गलाईवालाहरुको को–को सुन माफियासँग साँठगाँठ भएर कालोबजारी भइरहेको छ बुझ्ने र उनीहरुको तथ्यांक संकलन गर्ने कार्य भइरहेको पिडित सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक रेशम लाम्गादेले बताउनुभयो । कालोबजारीबाट सुन किन्न बन्द गरे महासंघ भित्रका सुन माफियाहरुले ऐजेन्टलाई नदिई सहजरुपमा भाउको भाउ सुन दिन बाध्य हुने लाम्गादेको भनाई छ । एशोसियटको नाममा झर्ने किलो किलो सुन साना व्यवसायीहरुलाई पुराउन सके पेशा धान्न सहज हुने आम व्यवसायीहरुको ठहर रहेको छ । अव देशभरका साना व्यवसायी र कालिगढहरुले कालोबजारीसँग सुन किन्न बन्द गर्नुपर्ने लाम्गादेले बताउनुभयो ।

संघर्ष समितिका सदस्य समेत रहनुभएका नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघका अध्यक्ष श्यामकुमार विश्वकर्माले महासंघ र संघहरुले कुन कुन रिफाईन गर्नेहरुलाई सदस्यता दिएको छ यो विषयमा छानविन गरेर सवैकुरा वाहिर ल्याउनुपर्ने बताउनुभयो ।

सुनचाँदीको नीति नियम जारी र कालोबजारी अन्त्य नभएसम्म आफुँहरु एक भएर चरणवद्ध आन्दोलनमा उत्रने संघर्ष समितिका सह–संयोजक राजकुमार विश्वकर्माले बताउनुभयो ।

व्यवसायी गोकर्णराज पन्थीले दानावालाहरुको व्रम्हलुटपनि अन्त्य गर्नुपर्ने आवाज उठाउनुभएको छ । व्यवसायीहरु नारायण सुनार खड्काथोकी,आशिष दियाली,शम्भु गहतराज,कविराज तिरुवा,जगत सुनार,महेन्द्र घिमिरे,शभ्भु लकान्द्री,अम्मर शंकर,सुरज रसाईली लगायतले रिफाईनरी र गलाईवालाको वारेमा छानविन हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्