नवलपुर सुनचाँदीको नयाँ अध्यक्षका आंकाक्षीहरु,को हुन विरेन्द्र सेन्चुरी ?

नवलपुर,भाद्र । नवलपुर सुनचाँदी व्यवसायी संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा यहि भाद्र ३१ गते नवलपुर कावासोतीमा आयोजना गरिएको छ । संघको अध्यक्ष लगायतका महत्वपूर्ण पदमा सर्वसम्मती गर्ने प्रयास गरिएता पनि अहिलेसम्म सहमती जुट्न सकेको छैन । यद्यपी नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सचिव बाबुराम विश्वकर्मा र महासंघका केन्द्रिय सदस्य,नवलपुरका प्रभावशाली सुनचाँदी व्यवसायी भिम सदाशंकरको पहलमा अध्यक्षमा भने सर्वसम्मत गर्ने पहल भइरहेको बुझीएको छ । नवलपुर सुनचाँदी व्यवसायी संघको वर्तमान अध्यक्ष गोविन्द सुनार रहनुभएको छ । गोविन्द सुनारले नेतृत्व हस्तान्तरण गर्ने भएपछि नयाँ अध्यक्षका लागि विरेन्द्र सेन्चुरी,राजु सदाशंकर,होम रसाईली,राजेश रसाईली र तेजेन्द्र सुनारले आंकाक्षा व्यक्त गर्नुभएको छ ।

अध्यक्षका उम्मेद्वार पाँच जना नेतृत्वका लागि सक्षम भएता पनि वरियता र योगदानको हिसावमा व्यवसायीहरुले न्याय गर्नुपर्ने अध्यक्षका आंकाक्षीहरुको भनाई रहेको छ ।

को हुन विरेन्द्र सेन्चुरी ?

अध्यक्षका प्रत्यासी विरेन्द्र सेन्चुरीले २०४५ सालदेखिनै कालिगढ पृष्ठभूमि देखिनै  सुनचाँदी व्यवसायको क्षेत्रमा जोडिएको व्यक्ति हुनुहुन्छ । २०६० साल देखि संघको सदस्यहरु हुँदै २०७० सालमा शाखा अध्यक्ष भइसक्नुभएका विरेन्द्र सेन्चुरीको व्यवसायिक हकहितको क्षेत्रमा लागेको करिव दुई दशक समय भइसकेको छ

व्यवसायीलाई कुनै समस्या पर्ने व्यक्तिकै आफ्नै समस्या सम्झेर दैलो दैलोमा पुग्ने गरेको स्मरण गर्दै सेन्चुरीले यस पटक जिल्लाकै नेतृत्व लिएर व्यवसायको हितमा काम गर्न आफु इच्छुक रहेको बताउनुभयो । सवैसँग घुलमिल हुन सक्ने,सरल स्वभाव,इमान्दार र संस्थाको लागि केही गरौ भन्ने स्वभावका सेन्चुरी आफुलाई सर्वसम्मतको रुपमा अध्यक्षको रुपमा  चयन गर्ने विश्वास व्यक्त गर्नुहुन्छ । अध्यक्षका आंकाक्षीका धेरै साथीहरुले पनि आफुलाई मायाँ गर्ने र सर्वसम्मत गर्ने उहाँको विश्वास रहेको छ ।

अध्यक्षमा आफुलाई सर्वसम्मत गरिए आगामी दिनमा व्यवसायीको हितमा तन,मनका साथ लाग्ने सेन्चुरीको भनाई छ । सेन्चुरीले प्यान न.को आधारमा सुन वितरण गर्ने,संघले खरिद गरेको घडेरीमा कार्यालय बनाउन भवन बनाउने,संघको अस्थायी कार्यालय आफ्नो घरमा निशुल्क उपलब्ध गराउने,सुनको कोटा बढाउन महासंघसँग पहल गर्ने,सुनचाँदी व्यवसायी क्षेत्रको तर्फबाट विभिन्न सामाजिक कार्य गरेर संघको छविलाई अझ उचो बनाउने लगायतका प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यतिबेला नवलपुर सुनचाँदी व्यवसायी संघका भावि अध्यक्षको लागि दौडधुप चलेको छ । अध्यक्षका आंकाक्षीहरुले पसल पसल पुगेर व्यवसायीहरुका वीच आफ्नो पक्षमा सहमती जुटाउने प्रयास गरेका छन् ।

अन्तत चुनावमा नभई सहमतीमै अध्यक्षको चयन हुने व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् । खटाई,इमान्दारिता र योगदानको हिसावबाट पनि सेन्चुरीलाई नेतृत्व दिन अरु अध्यक्षका आंकाक्षा पनि सकारात्मक भएको बुझीएको छ ।

प्रतिक्रिया दिनुहोस्