महासंघ भित्रको वेथितीविरुद्ध रुपन्देही पछि चितवन पनि बोल्यो,यस्तो छ माग

नारायणगढ,असोज । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सुनको अभावका कारण बजारमा देखिएको कालोबजारीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका प्रवक्ता विकास वर्माद्धारा जारी विज्ञप्तीमा ७ बुद्धे माग राखि अहिलेको बजारमा देखिएको समस्या सुल्झाउन गम्भिर बन्न सरोकार पक्षलाई अनुरोध गरिएको छ । संघले सुनचाँदी कारोवार नीति नियम बनाएर तुरुन्त लागु गर्नु पर्ने,महासंघको एशोसियट सदस्य खारेज गर्नुपर्ने,सुनको कालोबजारी अन्त्यको लागि महासंघले राष्ट्रिय खाँका बनाउनुपर्ने,प्रादेशिक संरचना अनुसार बागमती प्रदेशको लागि छुट्टाइएको सुन चितवन जिल्लाले पनि पाउनुपर्ने,राष्ट्रिय गोल्ड वैंकको स्थापना गर्नुपर्ने ,प्यान नम्बरको आधारमा सुन वितरण गरिनुपर्ने र महासंघको साधारणसभा तत्काल बोलाउनुपर्ने माग गरिएको छ ।

महासंघबाट सुन वितरण प्रणालीमा असमनता,अर्कण्यता,अपारदर्शी भएको तथ्यलाई मध्यनजर गर्दै विभिन्न संघ संगठनहरुले गरेको आन्दोलनमा समेत चितवन जिल्ला संघले ऐक्यवद्धता जनाएको छ । विज्ञप्तीमा एउटै व्यक्ति र परिवारको नाममा एशोसियट सदस्य खोली घुमाई फिराई आफ्नै पोल्टामा सुन हात पार्ने प्रवृत्ति देखिएको भन्दैं एशोसियट सदस्य समेत खारेजको माग गरिएको छ । एशोसियट सदस्यको नाममा महासंघ भित्र विचौलिया देखा परेकाले एकलौटी नियन्त्रणका कारण समस्या सिर्जना भएको उल्लेख गरिएको छ ।

मा ४ देखि ५ हजार वढी हालेर सुन किन्नुपर्ने कालोबजारीका कारण आभूषण बजार  अस्तव्यस्त बन्दै गएको चितवन जिल्ला संघले ठहर गरेको छ । महासंघ भित्र महत्वपूर्ण पदाधिकारीहरु धेरै रहेको चितवन संघले विज्ञप्ती निकालेपछि थप दबाब बढेको छ । अर्को बलियो संगठन रुपन्देहीले पत्र जारी गरेपछि महासंघ भित्र रहेको वेथितीका विरुद्धमा व्यवसायीहरु खुलेरनै विरोधमा आउन थालेका छन् । महासंघ भित्र रहेको वेथिती सच्चाउन यतिबेला जिल्ला जिल्लाबाट विज्ञप्ती निकाल्ने र महासंघलाई दबाब दिने क्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्