महासंघले जुम मिटिङ राखेपछि पदाधिकारीको भागभाग

काठमाडौं,असोज । नेपाल सुनचाँदी महासंघको तेस्रो महाधिवेशन भएर माणिकरत्न शाक्य अध्यक्ष भएको पनि २२ महिना पुगीसकेको छ । महासंघ भित्र झाँगिएको गुट उपगुटको द्धन्द्धका कारण पदाधिकारी तथा केन्द्रिय सदस्यको पूर्ण वैठक एकपटक पनि बस्न सकेको छैन । विभिन्न समितिलाई अध्यक्षले पूर्णता दिनुपर्ने हो त्यो जिम्मेवारी नदिदा पनि पदाधिकारीहरु अध्यक्षको कार्यशैलीप्रति  उत्तिकै असन्तुष्ट छन् । २२ महिनासम्म वैठकनै नराखी कानमा तेल हालेर बसेको महासंघको नेतृत्वमा संचारमाध्यमको लगातारको खबरदारी पश्चात दिमागमा पूर्ण वैठक राख्नुपर्छ भनेर हेक्का आएर हो कि के हो केही दिन अघि वैठक राख्न खोज्यो । त्यो पनि भौतिकरुपमा उपस्थित भएर होइनकी नेटको जुम माध्यमबाट । अहिले कोरोनाको पनि जोखिम पनि छैन,सवै उपस्थित हुन सक्ने वातारण छ । तर महासंघको नेतृत्वले श–शरिर उपस्थित हुन सक्ने वातावरण हुँदा हुँदै जुमबाट मिटिङ राख्न खोजेपछि महासंघ भित्रको वेथिती विरुद्ध लिखितरुपमै आन्दोलनमा उत्रिएका रुपन्देही र चितवनका पदाधिकारीहरुले आपत्ती प्रकट गरेपछि जुम मिटिङ डाक्ने महासंघका नेतृत्वहरु अनलाईनबाट एकाएक गायव भए ।

सुन भित्र भित्र खुरु खुरु कर्मचारी लगाएर आ–आफ्नो सेटिङलाई सिफारिस गर्ने तर महासंघका अध्यक्ष र पदाधिकारीहरु पछिल्लो समय एकअर्कालाई मुख देखादेख गर्न रेविज लागेको कुकर पानी देखेर डराएको जस्तै गरी एक अर्कामा मुख छोपेर भाग्न थालेका छन् । जुम मिटिङ डाकेको महासंघको नेतृत्वलाई पदाधिकारीहरुले आपत्ती प्रकट गर्न थालेपछि सवैको भागभाग भएको महासंघ भित्रबाट स्रोतले जानकारी दिएको छ ।

महासंघ जन्मेको १० वर्षको इतिहाँसमै नेपाल सुनचाँदी व्यवसायी महासंघ अहिलकोको नेतृत्व सवैभन्दा कम्जोर र वेथितीको पराकाष्ठामा पुगेको आम व्यवसायीहरुको देशव्यापी गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्