महासंघका अध्यक्ष माणिकरत्न शाक्यको राजिनामा माग

सुनचाँदी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको राजिनामा माग गर्दै व्यवसायी तथा कालिगढहरुले विरोध गर्न थालेका छन् ।

सुनचाँदीको कालोबजारी भयावह हुँदा पनि एक शब्द नबोलेको,महासंघको सुन सिफारिस विवरण गुपचुप राखेको,पूर्ण वैठक एक पटक पनि राख्न नसकेको,पुस २३ गते हुने साधारणसभाको तयारीको लागि कुनै पनि पहल नगरेको भन्दैं व्यवसायीहरु आक्रोशित बन्न थालेका छन् ।

साना व्यवसायी तथा कालिगढहरुले महासंघ सुन माफियाहरुको कब्जामा रहेकाले सुनचाँदी बजार अस्तव्यस्त रहेको भन्दैं वर्तमान अध्यक्षले काम गर्न नसके राजिनामा दिनुनै उत्तम विकल्प भएको बताउन थालेका छन् । रुपन्देही सुनचाँदी व्यवसायी संघ र चितवन सुनचाँदी व्यवसायी संघले महासंघ भित्र सुन सिफारिसमा ठूलो वेथिती रहेको भन्दैं पत्रनै जारी गरीसकेको छ । चितवन सुनचाँदी व्यवसायी संघले विशेष साधारणसभाको समेत माग गरेको छ ।

महासंघ भित्र आइरहेको सुन गुपचुपरुपनै अहिलेसम्म सिफारिस गर्ने गरिएको छ । सुचनाको हकलाई समेत वेवास्ता गरेर कुनै पनि विवरण पारदर्शीरुपमा सार्वजनिक गरिदैन । सुनचाँदी महासंघको वर्तमान नेतृत्व इतिहाँसमै सवैभन्दा कम्जोर र निकम्मा,स्वार्थमा लिप्त भएको भन्दैं देशभरका पिडित व्यवसायी तथा कालिगढहरुले सामाजिक संजालमा गाली गलौज समेत गर्न थालेका छन् । अहिले बजारमा ४ हजार देखि ५ हजार तोलामा बढीमा सुनको कालोबजारी भइरहेको छ । यस्तो अवस्थामा महासंघको नेतृत्व कानमा तेल हालेर बसेको छ भने गुपचुपमा सुन सिफारिस गरी आफ्नो दुनो सोझाइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्