चुनाव लगत्तै सुनचाँदी क्षेत्रमा आन्दोलनको आधिवेहेरी ल्याउने

काठमाडौं । मंसीर ४ गतेको प्रदेश र प्रतिनिधिसभाको चुनाव लगत्तै सुनचाँदी बजारमा उथलपुथल हुने सम्भावाना आंकलन गरिएको छ ।

सुनको कालोबजारी विगत १० वर्ष देखि झन् बढ्दै जान थालेपछि साना व्यवसायी तथा कालिगढहरु पेशाबाटनै पलायन हुन थालेपछि चुनाव लगत्तै आन्दोलनमा जानुपर्नेमा जनआवाज सामाजिक संजालमा बढ्न थालेको छ । सुनचाँदी महासंघ भित्र समेत सुनको विवरण नदिई अपारदर्शी ढंगबाट सुन गुपचुपमा  वितरण हुने भएपछि अझ जिल्ला जिल्लाका व्यवसायीहरु आक्रोशित हुन थालेका छन् । काठमाडौ,भक्तपुर,ललितपुरकै व्यवसायीहरुले समेत कालोबजारीले पेशा धान्नै नसकिएको भन्दैं महासंघका नेतृत्व यस विषयमा मौन बसेको भन्दैं अव सहेर बस्न नसकिने बताउन थालेका छन् । चितवन सुनचाँदी व्यवसायी संघ र रुपन्देही सुनचाँदी व्यवसायी संघले यस अघिनै विज्ञप्तीनै निकालेर महासंघले तुरुन्त विशेष साधारण सभा बोलाएर सुन वितरण प्रक्रियाको छानविन हुनुपर्ने चितवनले माग गरेको छ । उनीहरुले कालोबजारीको समस्या झन् बढ्नुमा महासंघ जिम्मेवारीबाट भाग्न नमिल्ने बताउँदै आएका छन् ।

सुनको कालोबजारी मौलाउँदै गएपछि धनगढीमा तोलामै ७५ सय सम्म बढी हाल्नुपरेको गुनासो आएको छ भने नारायणढ,भैरहवा,वुटवलमा अहिलेपनि ५हजार प्लसमा कारोवार भएको पिडित व्यवसायीहरुले लेखेका छन् । तराईमा पनि कालोबजारीका कारण समस्या जर्जर बनेको छ । नेपाल राष्ट्रिय कालिगढ संघका पूर्व अध्यक्ष तिलक विश्वकर्माले महासंघकै संरक्षणमा रिफाईनवालाहरुसँग साठगाँठ गरेर कालोबजारी भइरहेको बताउनुभएको छ । चुनाव लगत्तै सुनचाँदी क्षेत्रमा आन्दोलनको आधिवेहरी आउने र नयाँ सिराबाट सुनचाँदी क्षेत्रलाई अगाडी बढाउनेमा आफुहरुले पहल गर्ने सुनचाँदी हक अधिकारको क्षेत्रमा अगाडि बढीरहेको अभियन्ता रेशम लाम्गादेले बताउनुभयो । आन्दोलनको कार्यक्रम अन्तरगत महासंघ घेराउ,अन्तरक्रिया,माईतीघर मण्डलामा प्रर्दशन देखि राष्ट्र वैंकमा शान्तिपुर्ण प्रदर्शन,सुनको अनियमितताको भण्डाफोर देखि नीति निर्माणको माग सम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्