ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुविन बज्राचार्य

सुविन बज्राचार्य - Subin Bajracharya

ललितपुर,माघ । ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा युवा व्यवसायी सुविन बज्रचार्य सर्वसम्मत चयन हुनुभएको छ ।

ललितपुरको ज्वागल पार्टी प्यालेसमा शनिवार सम्पन्न संघको दशौं साधारणसभा तथा चौथो अधिवेशनबाट बज्रचार्य अध्यक्षमा चयन हुनुभएको हो । यूवा र मिलनसार व्यक्तित्व सुविन बज्राचार्य अध्यक्षमा चयन भएसँगै ललितपुर सुनचाँदी व्यवसायी संघले थप उचाई प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

समितिको प्रथम उपाध्यक्षमा मोतिमान शाक्य,द्धितिय उपाध्यक्षमा बिजेन्द्र शाक्य,महासचिवमा विपिन शाक्य, सचिव संजय शाक्य,कोषाध्यक्षमा हेराकाजी शाक्य,सह–कोषाध्यक्षमा राजेन्द्र शाक्य,कार्यसमिति सदस्यहरुमा सुदन शाक्य,सिद्धिरत्न बज्राचार्य,निरञ्जन बज्राचार्य,रविन्द्र शाक्य,केदारमान शाक्य चयन हुनुभएको छ । यसैगरी मनोनित सदस्यमा राजेश बज्राचार्य,संस्थागत सदस्यमा महेश्वरमान शाक्य र प्रस्तावित सह–सचिवमा राकेश बज्राचार्य रहनुभएको छ । कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको प्रमुख आतिथ्य र संघका अध्यक्ष रमेशबहादुर शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा व्यवसायीहरुले सुनको आपूर्तीको अभावका कारण व्यवसाय संचालन गर्न समस्या परेको बताएका थिए । यसैगरी सुनचाँदीको नीति नियम नबन्दा सुनचाँदी क्षेत्र अप्ठेरोमा परेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्