महासंघको कार्यदलको कार्यक्रममा शक्ति संघर्ष, महाधिवेशन वर्षको छनक

आभूषण संवाददाता
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला व्यवसायी महासंघको संयुक्त कार्यदलको अन्तरक्रियामा ठूलो महासंघको महाधिवेशन वर्षको सुरुवातको प्रभाव देखिएको छ ।

सुनचाँदी बजारमा पछिल्लो समय उत्पन्न समस्या र व्यवसायिक आचारसंहिताको विषयलाई लिएर आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम जूँगाको लडाईका वीच सम्पन्न भएको छ । अरु महासंघको तुलनामा भन्दा सवै भन्दा ठूलो नेपाल सुनचाँदी व्यवसायी महासंघभित्रको महाधिवेशन वर्ष सुरु भएपछिको शक्ति संघर्ष सतहमा देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको महाधिवेशन वर्ष पनि सुरु भएको छ । महासंघको आगामी अध्यक्षको लागि शक्ति प्रर्दशनका लागि पनि यो अन्तरक्रिया कार्यक्रममा केही छनक र सन्देश प्रवाह भएको छ । पछिल्लो समय नेपाल सुनचाँदी व्यवसायी महासंघलाई अनिर्णयको बन्दी बनाईनुहुँदैन,संगठनलाई चलायमान बनाईनुपर्छ र व्यवसायीको हितमा अघि बढाउनुपर्छ भनेर महासंघको कार्यदलको तर्फबाट यो कार्यक्रम आयोजना गरिएको देखिन्छ । असार २६ गते मंगलावार शिल्भर वक गैरीधारामा आयोजना गरिएको यस कार्यक्रममा विभिन्न जिल्लाका ३०० भन्दा बढी मानिस पनि भेला भएका थिए । तर ठुलो महासंघ भित्र यो अन्तरक्रिया कार्यक्रमलाई लिएर आगामी अध्यक्ष बन्न को लायक भनेर शक्ति देखाउने संघर्ष सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वर्तमान अध्यक्षको कार्यकाल अव केही महिनामा सकिदैछ । यो वीचमा महासंघ भित्र अवको भावि अध्यक्ष को भनेर एक किसिमको शक्ति संघर्ष चलेको छ । अन्तरक्रियाको सुरुवातको चरणमै महासंघले व्यवसायी हितको लागि आयोजना गरिएको कार्यक्रमलाई विथोल्न खोजिएको भन्दैं कार्यदलका संयोजकले असन्तुष्ट समुहसँग कडा प्रतिवाद गरेका थिए । यद्यपी महासंघकै असन्तुष्ट समुहका व्यक्तिले पनि व्यवसायी हित भन्दैं कार्यदलको नाममा मनलाग्दी गर्न नपाईने भन्दैं चेतवानी समेत दिएका थिए । हामीलाई प्राप्त सुचना अनुसार सोही कार्यक्रमको दौरान अन्तरक्रिया कार्यक्रममा दुईवटा समुहवीच चर्काचर्की परेको वेलामा केही तत्वले मौकाको फाइदा उठाउँदै सुटुक्क कर्सापछाडी गएर मन्त्री ज्यू यहाँ लफडावाजी परेको छ कार्यक्रममा नआउनुहोला भनेर मन्त्रीलाई भन्न समेत भ्याएको जानकारीमा आएको छ । यस विषयमा भने आयोजकले छानविन गर्नुपर्ने देखिन्छ ।

जे होस् अन्योल र चुनौतिका वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वर्खा मासमा टाढा टाढा जिल्लाबाट लाखौ खर्च गरेर आएर पनि महासंघको कार्यदलको साख र इज्जत जिल्लाका व्यवसायीहरुले राखिदिएका छन् । जिल्ला जिल्लाबाट आएका व्यवसायीका प्रतिनिधिहरुले एउटै महासंघ बनेर व्यवसायीको हितमा काम गर्न म्याण्डेड दिएका छन् । व्यवसायको भविष्य अन्धकार बनेको अवस्थामा भोलीको दिनमा जसले राम्रो काम गर्छ जो व्यवसायीको लागि खटेको छ उसलाईनै व्यवसायीले आफ्नो असली नेता मान्ने हो । ठूलो महासंघको नेतृत्व उसले हाक्ने छ जो दिनरात नभिनी आम व्यवसायीको हितमा खट्नेछ । मूलत अन्तरक्रिया कार्यक्रम ठोस ऐजेण्डामा निश्कर्षमा पुग्न नसकेता पनि ठूलो महासंघ भित्र आगामी अध्यक्षले कसले हत्याउने र साच्चै महासंघलाई व्यवसायको हितमा कसरी लैजाने भन्नेमा ठूलो शक्ति संघर्ष चलेको कार्यक्रमबाट छनक मिलेको छ । ठूलो महासंघको महाधिवेशनवर्ष सुरु भएको यो अवस्थामा जसले धेरै मेहेनत गर्छ,व्यवसायीको हितमा ऐजेण्डा ल्याउछ त्यो नै अब्बल भएर आउनेमा भने दुईमत छैन ।

 

प्रतिक्रिया दिनुहोस्