शंखमूलको पुरानो सुनचाँदी पसल लक्ष्मी गहना गृह

आभूषण संवादाता
लक्ष्मी गहना गृह शंखमुलमा एक परिचित सुनचाँदी पसल हो । यस सुनचाँदी पसलका संचालक डम्बरबहादुर बराईली हुनुहुन्छ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मंञ्चको अध्यक्ष समेत रहनुभएका बराईली एक समाजसेवी भावाना भएको व्यवसायी हुनुहुन्छ । पुर्खौली घर धनकुटा हुनुभएको बराईलीको जन्म भने माता फूलमाँया विश्वकर्मा र पिता परशुराम विश्वकर्माको कोखबाट धरानमा भएको हो ।

२०४९ सालमा काठमाडौं आउनुभएका बराईलीले आफ्नो व्यवसायिक संघर्ष भने कालिगढीबाट शुरु गर्नुभएको हो । काठमाडौंको भेडासिङमा मामाहरुको प्रेरणाबाट काम सिक्दै आउनुभएका बराईलीले पछि सीप सिकेपछि आफैले कारखानाको सुरुवात गर्नुभयो । बराईलीले विशालबजार र न्यूरोडलाई केन्द्र बनाएर कारखाना मार्फत सुनका गहनाहरु पसलमा होलसेल कारोवार गर्नुभयो । आफ्नो व्यवसायलाई थप उचाईमा लैजादै २०६१ सालमा बराईलीले शंखमूलमा लक्ष्मी गहना गृह संचालनमा ल्याउनुभएको हो ।

आफुले पसल संचालन गर्दा शंखमूलमा खासै सुन पसल नभएको बराईलीको भनाई छ । पछिल्लो समय सुनचाँदी बजारमा सम्भावाना र चुनौति दुवै त्रढेको उहाँ स्विकार गर्नुहुन्छ । गहनाको डिजाईन र गुणस्तरीयतानै आफ्नो पहिलो प्राथमिकता भएको भन्दैं यहि कारणले दिर्घाकालिन सम्म ग्राहकसँगको सम्बन्धलाई समुधर राख्न आफ्नो भूमिका हुने बराईलीले बताउनुभयो ।
सुनचाँदी पेशा आफै पनि ग्राहकसम्म लामो समयसम्म सम्बन्ध कायम गर्नुपर्ने पेशा भएकाले यसको दिर्घकालिन टिकाउको विश्वास सवैभन्दा ठूलो कुरा रहेको बराईलीको भनाई छ । व्यवसायिक इमान्दारीताका कारण आफु व्यवसायमा सफल हुन सकेको बराईलीको विश्वास छ ।

शंखमूलमा ब्राण्ड बनिसकेको लक्ष्मी गहना गृहले गहनाको डिजाईनमा पनि विविधता थप्दै आगामी दिनमा अझ आफ्नो व्यवसायिक दायरा फराकिलो बनाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्