कटारी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा अशोक बराईली चयन

अशोक बराईली - Ashok Baraili

आभूषण संवाददाता
उदयपुर, साउन । उदयपुर जिल्लाको कटारी सुनचाँदी पसलको अध्यक्षमा यूवा व्यवसायी अशोक बराईली चयन हुनुभएको छ ।

हरिकला सुनचाँदी पसलका संचालक समेत रहनुभएका बराईली संघको अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

कटारीका सुनचाँदी व्यवसायीहरुलाई संगठित बनाउन र व्यवसायिक हकहितको सवालमा कार्य गर्न यूवा व्यवसायी बराईलीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । कटारीको विभिन्न सामाजिक संघ संस्थामा समेत क्रियासिल बराईलीबाट संस्थाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने त्यहाँका व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्