क्विन्टल सुन वालुवाटार र सोह्खुटेमा छापा प्रक्ररण, गलाईवाला सम्म पुग्यो प्रहरी

सुन तस्कर गिरोहको काठमाडौंस्थित गोदामबाट सुन गाल्ने मेसिन नै बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा मेसिन भेटेको हो ।   सुन गाल्ने मेसिन बरामद भएको छ । अनुसन्धान जारी रहेकाले अहिले योभन्दा धेरै केही भन्न सकिन्न,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले  भने ।

मेसिन नै बरामद हुनुले यसअघि पनि यो गिरोहले ठूलो परिमाणमा सुन तस्करी गरेको आधार देखिएको छ । उनीहरूले तस्करी गरेर ल्याएको सुन गालेर नेपाल र भारतीय बजारमा पुर्‍याउने गरेको अनुमान गर्न सकिने विभाग स्रोतको भनाइ छ ।

पछिल्लो समय बजारमा सोही समुहले २० क्विन्टल बजारमा ल्याएको हुन सक्ने पक्षलाई मध्यनजर गर्दै ति सुन कहा कति खपत भयो भन्ने पक्षलाई मध्यनजर गर्दै प्रहरी तथा अनुसन्धान निकायले बम्बईवालाहरुलाई मध्यनजर गरेर अनुसन्धानको घेरालाई साघुरो बनाएको छ । प्रक्राउ परेकाहरुले सुन प्रक्ररणका बारेमा भेद खोल्न थालेपछि कारोवारमा जोडिएकाहरु कोही भाग्न थालेका छन् भने कतिपयले गलाईवाला,टन्ज बन्द गरेर लुक्न थालेको सुचना प्राप्त भएको छ ।

गत ३ साउनमा विभागले विमानस्थलबाट बाहिरिएको करिब सय किलो सुन बरामद गरेर अनुसन्धान गरिरहेको छ । हालसम्मको अनुसन्धानमा चिनियाँ नागरिक लिन पनि गिरोहका नाइकेमध्येका एक रहेको खुलेको स्रोतको भनाइ छ । उनले महाराजगन्जमा कार्यालय रहेको ल्यान्ड एन्ड ओसियन इन्टरनेसनल लजिस्टिक प्रालि नामको कम्पनी पनि चलाएका थिए । गिरोहका अन्य नाइकेको खोजीमा अनुसन्धान केन्द्रित रहेको विभाग स्रोतले जनाएको छ ।

चिनियाँ नागरिक लिनलाई बालुवाटारमा गोदाम मिलाइदिने नरेश तामाङलाई पनि राजस्वको टोलीले बुधबार पक्राउ गरेको छ । उनीबाट पनि यो गिरोहबारे थप सूचना प्राप्त हुने सम्भावना रहेको विभागका अधिकारी बताउँछन् ।

सय किलो सुन प्रकरणमा हालसम्म १७ जना पक्राउ परिसकेका छन् । गिरोहले भन्सारका कर्मचारीसम्म सेटिङ मिलाएर तस्करी गरेको प्रारम्भिक निष्कर्ष छ । जाँचपासमा संलग्न तीनजना भन्सार कर्मचारी पनि विभागको थुनामा छन् ।

सोह्रखुट्टेको गोदाममा पनि छापा
बुधबार नै राजस्व विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेमा रहेको गिरोहको अर्को गोदाममा पनि छापा हानेको छ । यो पनि सुन भित्र्याउने कम्पनी रेडी ट्रेडकै रहेको दाबी गरिएको छ । गोदामबाट ब्रेकसुलगायत वस्तु प्याकिङ गरिएका कार्टुन बरामद गरेको छ । यस्ता करिब ६६ पोका कार्टुन बक्स र केही सुटकेस पनि बरामद गरिएको स्रोतले जनाएको छ ।

‘झट्ट हेर्दा ब्रेकसुबाट सुन निकालिएजस्तो देखिन्छ,’ विभागका एक अधिकारीले भने । केही दिनअघि पनि विभागले बालुवाटारस्थित गोदाममा छापा हानेर यस्तै ब्रेकसुका कार्टुनसमेत जफत गरेको थियो । यस्ता गोदाम अरू पनि हुन सक्ने अनुमान विभागको छ । छापा हान्ने र थप मान्छे पक्राउ गर्ने प्रक्रिया चलिरहेको विभागका महानिर्देशक नवराज ढुंगाना बताउँछन् ।

विभागले पछिल्लो समय विवादास्पद व्यापारी राकेश अडुकियालगायतमाथि अनुसन्धान केन्द्रित गरेको स्रोत बताउँछ । हङकङबाट ल्याइएको तस्करीको सुन भारत लैजानमा उनको भूमिका रहेको आशंका छ । सुन काण्डपछि उनका गतिविधि पनि अस्वाभाविक रहेको अधिकारीहरू बताउँछन् ।

अडुकिया नेपालमा सेयर, गाडी, चाँदीलगायतका व्यवसायमा संलग्न छन् । उनी नेपालमा टेस्ला गाडीका आधिकारिक विक्रेता हुन् । उनीसहित विगतमा पनि सुन तस्करीमा मुछिएका व्यापारीको सो सुनमा लगानी रहेको सूचना विभागले पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्