नेपालगंन्ज सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सलाउद्दीन जसगढ सर्वसम्मत

बाँके,साउन । नेपालगंन्ज सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सलाउद्दीन जसगढ सर्वसम्मत चयन हुनुभएको छ । संघको सातौ साधारणसभाबाट अध्यक्षमा जसगढ र महासचिवमा सुखनारायण सोनार चयन हुनुभएको हो ।

संघको उपाध्यक्ष उम्मेद्वारहरु अरविन्द कुमार सोनी,रंजित कुमार लखेर,मुन्नालाल पुरवार वीच भने सहमति बन्न सकेको छैन । । महासचिवमा सुखनारायण सोनार,सचिव मोहम्मद असलम जसगढ,कोषाध्यक्ष हिमान्शु वैश्य,सहकोषाध्यक्ष मो. हाशिम अन्सारी,सदस्यहरुमा सन्तोषकाजी शाक्य,मो.मेराज अहमद जसगढ,प्रल्हाद वुर्ले,मो.रसिम जसगढ,सिद्धु स्वर्णकार,विनोदकुमार सोनी, अनिस अहमद जसगढ र संगिता सुनार सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत माधव प्रसाद शर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्