रुपन्देही सुनचाँदीका अध्यक्ष रामकिसन सेन्चुरीलाई पत्नी शोक

आभूषण संवाददाता
भैरहवा, साउन । रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन सेन्चुरीलाई पत्नी शोक परेको छ ।

सेन्चुरीकी धर्मपत्नी लिला विश्वकर्माको ४६ वर्षको अल्पायूमै ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्व.लिला विश्वकर्माको पार्थीव शरिरलाई मंगलबारनै भैरहवामा दाहासंस्कार गरिने बताइएको छ । यसैवीच रुपन्देही सुनचाँदी व्यवसायी संघले एक अपिल पत्र सार्वजनिक गर्दै शोकको यो घडीमा मंगलवार रुपन्देहीका सम्पूर्ण पसलहरु एक दिन बन्द गरी समवेदना व्यक्त गर्न हार्दिक अपिल गरिएको छ । स्व.लिला विश्वकर्मा काठमाडौं सामाखशीका सुनचाँदी व्यवसायी नारायण खड्काथोकीको समेत वहिनी हुन् ।

प्रतिक्रिया दिनुहोस्