सरार्फको हत्यापछि मधेसका सुनचाँदी व्यवसायी त्रसित

आभूषण संवाददाता

कलैया । नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेश व्यवसायीहरुले कलैयामा दिन दाहाडै शिक्षक रुपेश सर्राफको गोली हानी हत्या गरेपछि त्रास उत्पन्न भएको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशका सदस्य अर्जून साहको माईलो ज्वाई समेत रहेका रुपेशको हत्या गरिएपछि व्यवसायीहरुले समेत असुरक्षा महशुस गरेका हुन् । बाल एकता स्कुलका प्रिन्सिपल रहेका सर्राफलाई होटलबाट खाजा किनेर आउँदै गर्दा दुई वटा मोटरसाईकलमा आएका ४ जनाको हतियारधारी समुहले गोली हानी हत्या गरेको थियो । मधेशका विभिन्न जिल्लामा रहेका व्यवसायीहरुले व्यक्ति हत्याले आम व्यवसायीमा त्रास उत्पन्न हुनुको साथै राज्यको शान्ति सुरक्षाप्रति प्रश्न उठेका बताएका छन् । उनीहरुले हत्यारालाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशका सभापति रामजी साहले शिक्षा क्षेत्रमा राम्रो छवि बनाएका व्यक्तित्व रुपेशको सर्राफको हत्याबाट यहाँका व्यवसायीहरु त्रसित भएको बताउनुभयो । साहले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्