आपूर्तिमन्त्री सँगको वार्तापछि अव संयुक्त संर्घष समितिको के छ रणनीति ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले माईतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रर्दशनका क्रममा राखेको मागप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभएको छ ।
सिंहदरवारमा आज संघर्ष समितिको ज्ञापन–पत्र बुझ्दै मन्त्री भण्डारीले सुनचाँदी कारोवार नीति निर्देशिका निर्माणमा समितिले उठाएको ऐजेण्डाप्रति आफु सकारात्मक रहेको भन्दैं चाडैनै कार्यलाई अगाडी बढाउन पहल गर्ने बताउनुभयो । सुनचाँदी नीति निर्देशिका नबन्दानै बजारमा अनेकन समस्या उत्पन्न भएको आफुले महशुस गरेको मन्त्री भण्डारीले बताउनुभयो । सुनको कोटा प्रणालीका खारेजको लागि संयुक्त संघर्ष समितिले उठाएको ऐजेण्डामा पनि आफुहरु सकारात्मक रहेको भन्दैं सुनचाँदी बजारलाई उचित नीति निर्देशिका जारी गरेर अघि बढे व्यवसाय क्षेत्रलाई फाईदा हुने आफुले महशुस मन्त्री भण्डारीको भनाई छ । सो अवसरमा मन्त्री भण्डारीले आपूर्ति सचिव र सह–सचिवलाई समेत संयक्त संघर्ष समितिसँगको वैठकमा सहभागी गराएर ज्ञापनपत्रमा उठेका मागका विषयमा गृहकार्य गरेर अघि बढ्न निर्देशन दिनुभयो ।
संयुक्त सुनचाँदी व्यववसायी तथा कालिगढ संघर्ष समितिका संयोजक तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले सुनको सिण्डीकेट खारेजी,सुनचाँदी नीति निर्देशिका निर्माणमा वाणिज्य मन्त्रालयले देखाएको चासोप्रति आफुहरु उत्साहित भएको बताउनुभयो ।
कार्यक्रममा संघर्ष समितिका सदस्य सचिव अर्जून विश्वकर्मा,नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रका अध्यक्ष महेन्द्ररत्न शाक्य,नेपाल रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ता, नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघका अध्यक्ष श्यामकुमार विश्वकर्मा,कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघका अध्यक्ष वुद्धि गदाल लगायतले सुनको कोटा प्रणालीले बजार निम्तीएको वेथिती,भन्सार शुल्क वृद्धिको असर र नीति निर्देशिका नहुँदा सुनचाँदी बजारमा उत्पन्न समस्याको वारेमा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आफ्नो भनाई राखेका थिए ।
यसैवीच संयुक्त संघर्ष समितिका संयोजक विपिन रामुदामुले आन्दोलन,अन्तरक्रिया र नीति निर्देशिका निर्माणको कार्यलाई अघि बढाउन चरणवद्ध रुपमा भेला समेत गरेर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्