महासंघमा अर्जून रसाईलीको प्यानलनै निर्वाचित,विपिनलाई सम्मानजनक मत

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जून रसाईली निर्वाचित हुनुभएको छ ।
शनिवार काठमाडौंमा सम्पन्न निर्वाचनमा अर्जून रसाईलीले २५० मत प्राप्तका गर्दा प्रतिस्पर्धी विपिन रामुदामुले १८४ मत प्राप्त गर्नुभएको छ । रसाईली प्यानलबाटै वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य,प्रथम उपाध्यक्षमा धर्म सुन्दर बज्राचार्य,द्धितिय उपाध्यक्षमा बुद्धिबहादुर विके,तृतिय उपाध्यक्षमा रुपदल विश्वकर्मा(राजु धमला) विजयी हुनुभएको छ । एशोसियट तर्फबाट पवनकुमार सोमानी यस अघिनै उपाध्यक्षमा सर्वसम्मत चयन हुुनभएको छ । महासचिवमा अर्जून प्यानलबाटै किरणभाई बज्रचार्य,कोषाध्यक्षमा सुदिप श्रेष्ठ सचिवमा टुलक विश्वकर्मा,निर्मल दियाली ,सह–कोषाध्यक्षमा पद्म सुन्दर शाक्य निर्वाचित हुनभएको छ ।
विपिन रामुदामु टिमलाई पनि सम्मानजनक मत प्राप्त भएको छ । निर्वाचन परिणाम विपिन टिमले आफ्नो पक्षमा पार्न नसकेता पनि मतको हिसावबाट महासंघ भित्र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने शक्तिको रुपमा प्राप्त मतबाट भूमिका मिलेको छ । प्राप्त अभिमतलाई सशक्त शक्तिको रुपमा विकास गरी व्यवसायिक हितकै लागि अघि बढ्ने विपिन टिमका सदस्यहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्