सुन र चाँदी बुधवार फेरी बढ्यो, कति बढ्यो ?

सुन

आज मिति २०८१ साल फागुन महिनाको २८ गते वुधवार सुनको मूल्य तोलामा १ लाख ७० हजार ५ सय कायम भएको छ । मंगलवार भन्दा सुन तोलामा ६ सय ले बढेको हो । मंगलवार सुन तोलाको १ लाख ६९ हजार ९ सय मा कारोवार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैया बढेको छ । बुधवार चाँदी तोलाको २००० रुपैया भाउ कायम भएको छ । मंगलवार चाँदी तोलाको १९ सय ७० रुपैयामा कारोवार भएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विदेशी सामाना भन्सार बढाउने नीतिका कारण पनि सुनबजार प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । लगानीकर्ताहरुको आर्कषण सुनमै भएकाले पनि सुनको मूल्य क्रमश बढ्न सक्ने शाक्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्