काठमाडौं । पोखरामा सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं साधारणसभाको म्याडेड अनुरुप गर्न लागिएको विधान संशोधनलाई लिएर उपत्यका लगायतका सुनचाँदी व्यवसायीहरुले एक ढिक्का भएर सुझाव सल्लाह वुझाएका छन् ।
पोखरामा सम्पन्न साधारणसभाबाट विधानमा जिल्ला संघ र नगर संघ वीच वरावर प्रतिनिधि संख्या बनाईने लगायतका विषय ल्याएको छ । काठमाडौं सुनचाँदी व्यवसायी संघ,ललितपुर सुनचाँदी व्यवसायी संघ,भक्तपुर सुनचाँदी व्यवसायी संघ,मकवानपुर सुनचाँदी व्यवसायी संघ,नुवाकोट सुनचाँदी व्यवसायी संघ लगायतका संघका व्यवसायीहरुले आवश्यक सुझाव सल्लाहा पेश गरेका हुन् ।
ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन वज्रचार्यले अहिलेको विधान संशोधनले नगर संघलाई जिल्लाको संघको मातहात ल्याउनुपर्नेमा महासंघले वरावर प्रतिनिधि संख्या दिने गरी विधान पारित भएमा जिल्ला संघको भूमिका र औचित्य समाप्त हुने भएकाले यसको आफुहरुले डटेर विरोध गर्ने बताउनुभयो । साथै उहाँले महासंघ सवैको साझा भएकाले जिल्ला संघलाई मानमर्दन हुने ढंगबाट पेलेर जान नहुनेमा जोड दिनुभयो ।
पोखरामा सम्पन्न साधारणसभा पछि विधान संशोधन लिएर महासंघ भित्र फेरी तिव्र धुव्रिकरण सुरु भएको छ । गत अधिवेशनमा अर्जून रसाईलीलाई साथ दिएका उपत्यका केही संघहरुनै यतिबेला जिल्ला संघको औचित्यनै समाप्त पार्ने ढंगबाट विधान संशोधन गर्न लागिएको भन्दैं चिढिएका छन् भने उक्त कदमलाई लिएर संशकित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्